मान्छेलाई इरिटेट गर्ने पनि सिमा हुन्छ: रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेले आफूविरुद्ध सर्वोच्च अदालतमा फेरि मुद्दा परेपछि आक्रोश व्यक्त गरेका छन्। उनले मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु अलग विषय भएको भन्दै मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुन्छ भन्दै आक्रोश व्यक्त गरेका छन् ।

आफूले अमेरिकी नागरिकता त्यागेको निस्सा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पेश गरी नेपाली नागरिकता पुनः लिएको दावी गरेका छन् ।

अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाएको भन्दै लामिछानेविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ। युवराज पौडेल ‘सफल’ले लामिछानेविरुद्ध रिट दायर गरेका छन् ।

नेपाली नागरिकता पुनः कायम गराउँदा अमेरिकी नागरिता त्यागेको निस्सा नबुझाएको रिट निवेदनमा उल्लेख छ। मुद्दा दर्ता भएसँगै आगामी जेठ १७ गतेका लागि सुनुवाइको मिति तोकिएको छ।

रिट निवेदनमा लामिछाने प्रतिनिधिसभा सदस्य पदमा बहाल रहन अयोग्य रहेको रिट दाबी गरिएको छ। लामिछाने यसअघि पनि नागरिकता विवादमा मुछिएपछि सर्वोच्चले उहाँको सांसद पदसँगै सबै पदहरु खारेज गरिदिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *