मानबहादुर श्रेष्ठ भलिबल टोलीको नयाँ कप्तानमा नियुक्त

काठमाडौं । नेपाल भलिबल संघले मानबहादुर श्रेष्ठलाई राष्ट्रिय भलिबल टोलीको नयाँ कप्तानमा नियुक्त गरेको छ।

संघको सोमबार बसेको कार्यसमिति बैठकले मानबहादुरलाई कप्तानको जिम्मेवारी सुम्पने निर्णय गरेको हो। त्रिभुवन आर्मी क्लबबाट घरेलु भलिबल खेल्दै आएका मानबहादुर ८ वर्षदेखि राष्ट्रिय टोलीमा छन्।

२६ वर्षीय ओपन स्पाइकरले यसअघि राष्ट्रिय बीच भलिबल टोलीको कप्तानी गर्दै सफलता पनि दिलाएको अनुभव रहेको छ। उनले यसअघि आर्मीको कप्तानी पनि गरिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *