माओवादी केन्द्र र फोरमका कार्यकर्ताबीच झडप

राैतहट २ असोज- रौतहटको मौलापुर नगरपालिका ३ मा माओवादी केन्द्र र संघीय समाजवादी फोरमका कार्यकर्ताबीच झडप भएको छ । झडप भएपछी त्यहाँ प्रहरीले हवाइ फायर गरेको छ ।

प्रावि गम्हरिया पतौरा मतदान केन्द्रमा माओवादीले गैर मतदातालाई एजेन्टका रुपमा प्रवेश गराएको भन्दै फोरमका कार्यकर्ताले विरोध जनाएपछि विवाद भएको थियो । त्यसक्रममा भएको झडपमा दुवै तर्फका केही कार्यकर्ता घाइते भएका छन् ।

झडपका कारण एक घण्टा मतदान अवरुद्ध भए पनि अहिले मतदान चालु रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *