माओवादी केन्द्रले विद्यालय शिक्षा विधेयक परिमार्जन गर्न सबै पक्षसँग परामर्श गर्ने

११ असोज, काठमाडौँ : सत्तारुढ दल नेकपा माओवादी केन्द्रले संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकलाई सर्वपक्षीय छलफलपछि संशोधन गर्ने निर्णय गरेको छ ।

बिहीबार काठमाडौं उपत्यकामा बसेको पदाधिकारीहरुको अनौपचारिक बैठकले यस्तो निष्कर्ष निकालेको हो । प्रवक्ता अग्निप्रसाद सापकोटाले पछिल्लो समय देशका विभिन्न स्थानमा भइरहेका डाक्टरमाथि आक्रमणका साथै धार्मिक तथा सांस्कृतिक दंगाका घटनाले पार्टीको गम्भीर ध्यानाकर्षण भएको जानकारी दिए ।

पार्टीले धार्मिक र सामाजिक सद्भाव कायम गर्न सबै पक्षसँग वार्ताका लागि पहल गर्ने निर्णय गरेको बताउँदै सापकोटाले बैठकमा जनतासँगको तीन महिने माओवादी विशेष रुपान्तरण अभियानको विषयमा समीक्षा भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *