माओवादी केन्द्रका सचिव आचार्य वीर अस्पताल भर्ना

१८ असोज, काठमाडौँ : दाहिने पक्षघात भएका नेकपा माओवादी केन्द्रका सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज दिलाराम आचार्यको अवस्था अहिले खतरामुक्त रहेको चिकित्सकले जानकारी दिएका छन् ।

कार्यकारी निर्देशक सन्तोष पौडेलले आचार्यलाई पहिलेदेखि नै मुटुको समस्या देखिएको र उनको न्युरो र कार्डियो दुवै समस्या एकैपटक उपचार भइरहेको जानकारी दिनुभयो । औषधिको मद्दतले आफ्नो रक्तचाप नियन्त्रण भइरहेको र स्वास्थ्य सन्तुलित भएपछि थेरापीबाट उपचार गरिने र सामान्य अवस्थामा आउन केही समय लाग्ने उनले बताए । ३ महिने विशेष रुपान्तरण अभियानअन्तर्गतको समीक्षा बैठकमा सहभागी हुन आचार्य अछाम गएका थिए ।

बुधबार बिहान उनको शरीरको दाहिने भाग पक्षाघात भएपछि बयलपाटा अस्पतालमा उपचार सम्भव नभएपछि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज ल्याएर नेपालगञ्ज मेडिकल कलेजमा उपचार गरिएको थियो । तर त्यहाँ पनि उपचार सम्भव नभएपछि साढे ४ बजे उनलाई वीर अस्पतालमा भर्ना गरिएको नेकपा माओवादीका केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । आचार्यलाई आकस्मिक कक्षमा उपचारपछि १०४ नम्बर वार्डमा राखिएको उपाध्यायले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *