“महेन्द्र यादवको आक्रमणकारी राप्रपासँग आबद्ध छैन” – राणा

२१ भदौ, काठमाडौँ : राप्रपाका नेता धवलशमशेर राणाले नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण गर्ने व्यक्ति राप्रपासँग आबद्ध नभएको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभामा बोल्दै राणाले रिपोर्टर्स क्लबमा यादवमाथि भएको आक्रमण आफूले प्रत्यक्ष देखेको र आक्रमणकारीलाई कारबाही गर्न माग गरेको बताए । राणाले राप्रपा हिंसात्मक राजनीतिमा विश्वास नगर्ने पनि बताए । उनले भने, “राप्रपाले हिंसाको राजनीतिमा कहिल्यै विश्वास गर्दैन। आक्रमण गर्ने व्यक्ति हाम्रो पार्टीसँग कुनै पनि हिसाबले आबद्ध नभएको प्रष्ट होस्। र सोही अनुसार कारबाही हुनुपर्छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *