महाशिवरात्रिमा आउने दयाहाङ र मिरुनाको फिल्म ‘रंगेली ग्याङ्स्टर्स’ को नाम बद्लियो

३० साउन , काठमाडौं : दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रविण खतिवडा लगायतको प्रमुख भूमिका रहेको फिल्म ‘रंगेली ग्याङ्स्टर्स’ को नाम बद्लिएको छ । फिल्मको छायांकन हुने स्थल मोरङको रंगेलीमा भएको आपसी समझदारीको आधारमा फिल्मको नामबाट ‘ग्याङस्टर्स’ हटाइ ‘रंगेली’ मात्र बनाइएको हो । त्यहाँका स्थानीय समुदायका अग्रज तथा स्थानीय निकायबाट यस फिल्मको शीर्षकमा परिमार्जनको लागि आग्रह गरिएको थियो । उहाँहरूको आग्रहलाई सम्मान गर्दै शीर्षक परिमार्जन गरिएको हो । आगामी भदौ २० गतेदेखि छायांकन हुने यस फिल्मको फागुन २५ यानिकी महाशिवरात्रिको दिन रिलिज हुनेछ ।

अर्जुन सुवेदीद्धरा निर्देशित यस फिल्मका निर्माता संसार चौलागाईं र रमेश भट्टराई छन् भने कार्यकारी निर्मातामा जितेन्द्र खतिवडा र अनुजजंग थापा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *