महामन्त्रीको प्रतिवेदन एनजीओको ‘विसलिष्ट’ जस्तो :आरजु राणा

काठमाडौं ।नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले कांग्रेस महामन्त्रीले केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेको प्रतिवेदन कुनै एनजीओको ‘विसलिष्ट’ जस्तो भएको बताइन्।

आज कांग्रेसको केन्द्रीय समिति बैठकमा बोल्ने क्रममा राणाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेश गरेको प्रतिवेदन एनजीओको ‘विसलिष्ट’ जस्तो भएको टिप्पणी गरिन्।

उनले मुलुकमा सुशासन कायम गर्ने विषयमा पार्टीका नेताहरू पूर्वप्रशिक्षित हुनुपर्ने बताए। त्यसैगरी राणाले पार्टी नेतृत्वको सार्वजनिक रूपमा हुने गरेको आलोचना रोक्नुपर्ने पनि बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *