महाकालीकाे बाढीमा फसेकाको हेलिकप्टरबाट सकुशल उद्धार

लक्ष्मणदत्त पन्त महेन्द्रनगर, कार्तिक २ गते । सोमबार रातिबाट महाकालीको बीचमा फसेकाहरुको आज मंगलबार सकुशल उद्धार गरिएको छ ।

महाकाली बिचमा बाढीमा फसेकालाई हेलिकोप्टरबाट उद्धार गरिने भनिएपनि खराब मौसमका कारण सुर्खेतबाट हेलिकप्टर आउन नसक्दा उद्धारमा ढिलाई भईरहेको थियो । मौसममा सुधार आएसँ गै नेपाली सेनाको हेलिकोप्टरले सकुशल उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीले जानकारी दिनुभयो ।

भीमदत्त नगरपालिका–९ मसेट्टीका ३५ वर्षीय पुष्कर नायक, ४५ वर्षीय दीर्घमती खड्का, ३२ वर्षीय शान्ती नायक, ९ वर्षीय असोक नायक र ५ वर्षीय अजय नायक सोमवार रातीबाट बाढीमा फसेका थिए । बाढीमा फसेकाहरु रुखमा बसेका थिए ।

उहाँहरुको उद्धारको लागि सुरक्षाकर्मीको टोली दिउँसो नै मसेट्टी पुगे पनि महाकालीमा पानीको बहाब बढी भएका कारण उद्धार गर्न सकेको थिएन ।

त्यस पछि हेलिकप्टरबाट उद्धार गर्ने तयारी भएको थियो तर मौसम खराबीका कारण सुर्खेतबाट हेलिकप्टर उड्न सकेको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *