मस्क फेरी बने विश्वको धनी व्यक्ति

काठमाडौं ।एलन मस्क फेरि विश्वकै धनी व्यक्ति बनेका छन्। टेस्लाका सीईओ मस्क फ्रान्सेली उद्योगपति बर्नार्ड अर्नाल्टलाई पछाडि पार्दै विश्वकै सबैभन्दा धनी ब्यक्ति बनेका हुन्।

पछिल्लो केही दिनयता एलोन मस्कको सम्पत्ति बढ्दा सोहि समयमा बर्नार्ड अर्नाल्ट पेरिस ट्रेडिङको शेयर २.७ प्रतिशतले घट्न पुगेको थियो। सो घटाईले मस्कलाई पुनः एक पटक विश्वको सबैभन्दा धनीको सुचीमा फर्काएको हो।

पुन: विश्वकै धनी व्यक्ति बनेका एलोन मस्कको सम्पत्ति भने १९२ अर्ब डलर पुगेको छ। ब्लूमबर्ग बिलियनेयर इन्डेक्सका अनुसार बुधबार एलोन मस्कको कुल सम्पत्ति १.९८ बिलियन डलरले बढेको हो। साथै, यो वर्ष उनको कुल सम्पत्तिमा पनि ५५.३ अर्ब डलरले वृद्धि भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *