मलेसियाविरुद्ध नेपालको सहज जित

काठमाडौं । घरेलु टोली मलेसियामाथि पाहुना नेपालले तेस्रो महिला टी-ट्वान्टी अन्तर्राष्ट्रियमा सहज जित हासिल गरेको छ । बिहीबार भएको खेलमा नेपालले मलेसियालाई २७ रनले हराएको हो ।

जितसँगै नेपालले तीन खेलको महिला टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा २-१ को अग्रता लिएको छ । नेपालले दिएको १ सय ११ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ८३ रन मात्र बनायो ।

मलेसियासँगको चौथो खेल आगामी शनिबार रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *