मलेशियामा सांगीतिक कार्यक्रममा जान सेक्स प्रस्ताव ( भिडियो कुराकानी सहित)

काठमाडौ- मलेशियामा चाईनिज नयाँ बर्षको उपलक्ष्यमा हुन गईरहेको सांगीतिक कार्यक्रम “युनिक धमाका” मा एकजना मोडललाई सेक्स प्रस्ताव गरिएको कुरा बाहिर आएको छ । मलेशियाको मुहार आसपासमा गरिन लागेको उक्त सांगीतिक कार्यक्रमको लागि नेपालबाट त्यहाँ जानलागेकी मोडल प्रमिला न्यौपानेलाई आयोजक मध्यको एकजनाले यौन सम्पर्कको प्रस्ताव राखेको मोडल प्रमिला न्यौपानेले हामीलाई बताएकी छन् ।

प्रमिला भन्छिन्, पहिला कार्यक्रमको लागि अन्तिम टुंगो गरिसकेपछि मलाई फेसबुकमा त्यस्तो प्रस्ताव आयो । तर मैले उहाँको प्रस्ताव नमानेपछि रातारात मेरो ठाउँमा अर्कै कलाकारलाई राखेर पोस्टर आउट गरिएछ ।

आधा दर्जन भन्दा बढि म्युजिक भिडियोमा काम गरिसकेकी मोडल प्रमिला उदयपुरकी हुन् । उनले आधा दर्जन जति टेलि फ्लिममा समेत काम गरिसकेकी छन् ।

कलाकारिता क्षेत्रमा महिलाहरु यौन शोषणमा परिरहेका छन् भन्ने बाहिरा आईरहेको बेला पछिल्लो यो घट्नाले छर्लंग बनाएको छ । मोडल महिलाहरुले आफू संग प्रतिभा हुदाहुदै पनि भने जस्तो मौका पाउन सकिरहेका हुदैनन् ।

मलेशियामा सांगीतिक कार्यक्रमको लागि जानलाई सेक्स प्रस्ताव राखिएको बारेमा प्रमिला न्यौपाने संग गरिएको कुराकानी

Leave a Reply

Your email address will not be published. Required fields are marked *