मलेशिया ७ कातिक- मलेसियाको पेनाङ्गमा एक बस दुर्घट्नाहुदा १३ जनाको ज्यान गएको छ । तामान विलिपिसमा रहेको होस्टेल बाट सोनी कम्पनीमा कम्पनीको कामदार लिएर जादै गर्दा बिहानको करिब ८ बजे बस दुर्घटना हुदा ८ जनाको र उपचारको निम्ति हस्पिटल लादै गर्दा बाटोमा ५ जनाको मृत्यु भएको मलेशियामा कार्यरत थलिन्द्र भुजेलले हामीलाई जानकारी गराएका छन् । मृत्यु हुनेमा अधिकांश इण्डोनेशियाको महिला कामदार र केहि नेपाली कामदार रहेको बताईएको छ । मृत्यु हुनेमा २ जना नेपाली रहेको भन्ने जानकारी आएपनि कहाँ कुन जिल्लाको भन्ने अहिलोए बताईएको छैन ।