मलाई साहित्य र कलाप्रति तीव्र अभिरुचि छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू कविता, कला र साहित्यको अनुरागी भएको बताएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानको ६६औँ वार्षिक उत्सवको अवसरमा आयोजित कविता महोत्सवलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री प्रचण्डले कविता, साहित्य र कलाप्रति तीव्र इच्छा हुँदाहुँदै पनि राजनीतिको चपेटामा परेर त्यसतर्फ सोच्ने फुर्सद नभएको बताए ।

‘मलाई यस कविता महोत्सवमा वाचन हुने सबै कविता सुन्ने ईच्छा त पक्कै पनि छ । कविता, साहित्य र कलाको म पनि अनुरागी हुँ । यद्यपि मैले धेरैचोटी भन्ने गरेको छु, ‘कमरेड लेलिनले भनेको एउटा भनाई मलाई साहित्यप्रति र कलाप्रति तीव्र अभिरुचि त छ । तर, राजनीतिको चपेटाले मलाई कहिले पनि त्यतापट्टी फुर्सद दिएन । मेरो पनि स्थिति त्यस्तै नै भएको छ,’ उनले भने ।आफूलाई छनोटमा परेका सबै कवित सुुन्ने इच्छा भएपनि समय अभावका कारण त्यसबाट बञ्चित भएको उनले बताए । उनले वाचनका लागि छनोटमा परेका र पुरस्कृत हुनुहुने कविहरूलाई बधाइ पनि दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *