मनिता राईको “सिरुपाते खुकुरी” सार्वजानिक (भिडियो सहित)

काठमाडौ- गायिका मनिता राईको स्वरमा “सिरुपाते खुकुरीको लाहा छ कि छैन” बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार सुनिल दिप्त राईको शब्द रचनालाई तारा प्रकाश लिम्बुले संगीत गरेका छन् भने उक्त गीतलाई साहाश शाक्यले एरेन्ज गरेका हुन् ।

“सिरुपाते खुकुरीको लाहा छ कि छैन” बोलको गीत यो भन्दा अगाडि नै सार्वजानिक भएपनि यो गीतको म्युजिक भिडियो भने भर्खरै सार्वजानिक गरिएको हो ।

खोटाङ्गमा जन्मिएर सांगीतिक क्षेत्रमा लागेकी गायिका मनिता राई यो भन्दा अगाडि शिक्षण पेशामा आबद्ध थिइन् । शिक्षण पेशालाई छाडेर सांगीतिक क्षेत्रमा लागेकी गायिका मनिता राईले छोटो समयमै दर्शक स्रोताहरुको माया पाउन सफल भएकी छन् ।

हालै सार्वजानिक भएको यो गीतको म्युजिक भिडियोलाई उत्सव दाहालले छायांकन गरेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका छन् । राजेश पुमा राईको निर्देशन रहेको यो गीतको म्युजिक भिडियोमा प्रेम राई लगायत अन्यको अभिनय रहेको छ ।

म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *