मनाङले खुमलटारलाई हरायो

काठमाडौं ।राजधानीमा जारी शहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मस्याङदीले खुमलटार युथ क्लबलाई हराएको छ।

दशरथरंगशालमा भएको खेलमा मनाङ मस्याङदी क्लवले खुमलटार युथ क्लबलाई १-० गोलले हराउँदै महत्वपूर्ण ३ अंक प्राप्त गर्न सफल भएको छ।

मनाङ २३ खेलबाट ३१ अंकका साथ तालिकाको पाँचौ स्थानमा रहन सफल भएको छ । पराजित खुमलटार २३ खेलबाट २४ अंकका साथ तालिकाको पुछारमा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *