हेटौंडा ८ भदौ- मकवानपुरको मनहरी खोलामा डुबेर ३ बालकको मृत्यु भएको छ । पौडी खेल्न मनहरीबजार नजिकै खोलामा गएका बालकहरुको डुबेर ज्यान गएको हो ।
खोलाले बगाएको एकजना बालकलाई भने सकुशल उद्धार गरिएको छ । मृतक बालकहरुको शब मनहरी पुलमूनिबाट निकालिएको छ ।
मृत्यु हुनेमा मनहरीकै ११ वर्षका अमन थिङ, १० वर्षका अलेश रुम्बा र प्रकाश रुम्बा छन् । १५ वर्षका बुद्ध मोक्तानलाई स्थानीयले जीवितै उद्धार गरेका हुन् ।