मधेसी मोर्चाद्वारा सर्बदलिय बैठक बहिस्कार

फागुन १० काठमाडौ,मधेसी मोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको सर्वदलीय बैठक बहिष्कार गरेको छ। संविधान संशोधन प्रस्ताव र स्थानीय निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक मोर्चाले बहिष्कार गरेको हो।

मधेसी मोर्चाले संविधान संशोधन नगरी स्थानीय निर्वाचनको घोषणा गरिएको भन्दै बैठक बहिष्कार गरेको हो। सरकारले सोमबार वैशाख ३१ गते स्थानीय निर्वाचन गर्ने घोषणा गरेको थियो।

सरकारको उक्त घोषणाप्रति असन्तुष्टि जनाउँदै मधेसी मोर्चाले सोमबार नै आन्दोलनको घोषणा गरेको थियो। स्थानीय निर्वाचनको घोषणा गरेको एक दिनपछि नै प्रधानमन्त्रीले मंगलबार सर्वदलीय बैठकको आह्वान गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *