मधेश प्रदेशका मन्त्री र राज्यमन्त्रीले दिए राजिनामा

१५ साउन, काठमाडौँ : मधेश प्रदेशका मन्त्रालय खोसेर बिनाविभागीय मन्त्री बनाइएका जनमतका वसन्त कुशवाहा र राज्यमन्त्री संजयकुमार यादवले पार्टीको निर्देशनमा राजीनामा दिएका छन् ।

सरोजकुमार यादवले जेठ ९ मा कुशवाहाले सम्हालेको भूमि व्यवस्था कृषि तथा सहाकारी मन्त्रालय मुख्यमन्त्री खोसेर एकीकृत समाजवादीका गोविन्द न्यौपानेलाई नियुक्त गरेका थिए ।सो कारण पार्टीले राजीनामा माग गरेको हो ।

आज मधेश सरकारले छैठौं पटक मन्त्री परिषद् विस्तार गर्ने तयारी गरी मन्त्री परिषद् विस्तारमा प्रमुख सचेतक चन्दन सिंह र राज्यमन्त्रीका लागि दलितबाट प्रतिनिधितब गर्न मञ्जु खंगलाई पठाउने तयारी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *