मछिन्द्र आज भारतको मोहन बगान क्लबसँग खेल्दै

३१ साउन, काठमाडौं : भारतको कोलकतास्थित साल्ट लेक स्टेडियममा एएफसी कप छनोटको प्रारम्भिक चरणको दोस्रो खेलमा नेपाली समय अनुसार आज राति सवा ७ बजे नेपालको ए डिभिजन क्लब मछिन्द्र एफसीले भारतको आइएसएल क्लब मोहन बगानसँग खेल्दैछ ।

गत साता काठमाडौंमै भएको पहिलो चरणको खेलमा मछिन्द्रले भुटानको पारो एफसीलाई पराजित गर्दै मोहन बगानसँग खेल्ने भएको हो ।

अब हुने खेलको प्लेअफ विजेताले फाइनलमा बंगलादेशको अबहानी र माल्दिभ्सको क्लब इगल्सबीचको विजेतासँग खेल्नेछ भने विजता टोली साउथ एसियन जोनबाट एएफसी कपको समूह चरणमा पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *