मकवानपुर प्रहरीमा क्यानका कार्यवहाक सचिव पाठकमाथि दुर्व्यवहार भएको भन्दै उजुरी

२८ साउन, काठमाडौं : मकवानपुर जिल्ला क्रिकेट संघको चुनावमा केन्द्रीय प्रतिनिधि बनेर गएका कार्यवहाक सचिव दुर्गा पाठक हेटौंडामा खाना खान बसेका थिए उक्त समयमा पाठकमाथि स्कुटरमा आएका दुई अपरिचित व्यक्तिले शनिबार मोबिल फ्याँकेर आफूमाथि दुर्व्यवहार भएको भन्दै प्रहरीमा उजुरी दिएका छन् ।

पाठकमाथि दुव्र्यवहार भएको भन्दै क्यानले विज्ञप्ति निकालेको छ ।

दुर्गा पाठकले भने, ‘मलाई नै हो भन्ने किटानी पनि भएको होइन । सबैजना बसिरहेका थियौं । मेरो सर्टमा लाग्यो पछि सबै साथीहरुसँग कुरा गरेर मैले प्रहरीमा उजुरी गरेको छु । छिट्टै दोषी पक्राउ होस् भन्ने चाहना छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *