भ्वाइस अफ नेपाल सिजन ५ को प्रसारण असोज ५ गतेदेखि सुरु, ‘ब्लक्ड’ नियम थपियो

२८ भदौ, काठमाडौँ : सांगीतिक टेलिभिजन रियालिटी शो भ्वाइस अफ नेपाल सिजन ५ को प्रसारण असोज ५ गतेदेखि सुरु हुने भएको छ । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नयाँ श्रृंखलाको घोषणा गरिएको थियो ।

पाँचौं सिजनको टाइटल स्पोन्सरको रुपमा डावर रेड पेस्ट अनुबन्धित भएको छ ।

उक्त अवसरमा नयाँ सिजनका कोच पनि सार्वजनिक गरिएको छ । यस सिजनमा गायक उदय सोताङ नयाँ कोचको रुपमा भित्रिएका छन् । भने ‘भ्वाइस किड्स’ मा कोच रहेकी मिलन नेवार पनि भ्वाइस अफ नेपाल सिजन ५ को नयाँ कोचमा अनुबन्धित भएकी छन् । अघिल्ला चार सिजनमा कोच रहेका प्रमोद खरेलले पाँचौं सिजनमा पनि निरन्तरता पाएका छन् भने चौथो सिजनमा कोच रहेका राजेशपायल राई नयाँ संस्करणमा दोहोरिएका छन् ।

निर्देशक लक्ष्मण पौडेलका अनुसार डिजिटल अडिसनमा सहभागी ६० हजार आवेदकमध्येबाट छानिएका १२० भन्दा बढी प्रतिभा ब्लाइन्ड अडिसनमा सहभागी रहेको छ । भने ब्लाइन्ड अडिसनबाट छनोट ६४ प्रतिभाले ब्याटल राउण्डमा प्रतिस्पर्धा गर्ने भएका छन् । र पाँचौं संस्करणमा ‘ब्लक्ड’ नियम पनि थपिएको जसले एउटा कोचले अर्को कोचलाई कमजोर बनाउन र आफूलाई बलियो देखाउन यो नियम थपिएको र यसले प्रतिस्पर्धालाई रोचक बनाउने पौडेलले बताए । साथै, यसपटक नकआउट चरणमा नौ जना प्रतिस्पर्धीले सामूहिक रुपमा गायकी पस्किनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *