भ्रष्टाचारी जोगाउन कांग्रेस र कम्युनिस्ट एकै स्थानमा: लिङ्देन

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचारी जोगाउन कांग्रेस र कम्युनिस्ट एकै स्थानमा उभिने प्रमाणित भएको बताएका छन् ।

पार्टीको नवीन राप्रपा कार्य योजना अभियानअन्तर्गत बिर्तामोडस्थित राप्रपा जिल्ला समिति झापाको कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नक्कली भुटानी शरणार्थी र ललिता निवास जग्गा प्रकरणसम्म आइपुग्दा भ्रष्टाचार गर्न र भ्रष्टाचारीलाई जोगाउन कांग्रेस र कम्युनिस्ट एकै स्थानमा उभिने प्रमाणित भएको दाबी गरेका हुन् ।

भ्रष्टाचारका घटना सार्वजनिक भइरहँदा राप्रपाका मानिस नमुछिएको भन्दै उनले ठुलठुला भ्रष्टाचार काण्डमा कांग्रेस र कम्युनिस्टका नेताहरूको संलग्नता देखिएको र भ्रष्टाचारी जोगाउने कार्यमा पनि उनीहरू एकै स्थानमा उभिएको आरोप लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *