भ्रष्टाचारका बिरुद्ध र सुशासनका पक्षमा श्रम संस्कृतिको विकास गर्न प्रधानमन्त्री प्रचण्डको आह्वान

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारका बिरुद्ध र सुशासनका पक्षमा श्रम संस्कृतिको विकास गर्न आह्वान गरेका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजवादी संस्कृति निर्माणको कार्यभारलाई केन्द्रमा राख्दै भ्रष्टाचारका बिरुद्ध र सुशासनका पक्षमा श्रम संस्कृतिको विकास गर्न आह्वान गरेका हुन् ।

जनताको निकै ठूलो त्याग र बलिदानबाट निर्मित संविधानले समाजवादउन्मुख राज्यनिर्माणको संकल्प गरिसकेका कारण सिर्जनाहरुसमेत समाजवादको वैचारिक एवं सांस्कृतिक आधार निर्माणमा केन्द्रित रहनुपर्नेमा उनले जोड दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *