भ्रष्टचारीलाई देशबाट नलखेटी विश्राम लिन्न: रवि लामिछाने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकबाट भ्रष्टाचार अन्त्य नभएसम्म आफ्नो पार्टीले विश्राम नलिने बताएका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणको प्रसंग उठाउँदै उनले भ्रष्टहरूलाई देशबाट नलखेटेसम्म आफूहरूले विश्राम नलिने बताएका हुन्।

पार्टीको ललितपुर महानगर समितिले आयोजना गरेको एक कार्यक्रममा उनले आफूमाथि जतिसुकै मुद्दा लगाए पनि, घेराबन्दी गरे पनि भ्रष्टाचारविरुद्ध पार्टीको अभियान नरोकिने उल्लेख गरे।

नेपाली जनताले आफ्नो पार्टीलाई भ्रष्टाचार नियन्त्रणका लागि मत दिएको भन्दै उनले सो कामलाई पहिलो प्राथमिकतामा राखिने प्रतिबद्धता व्यक्त गरे।

सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीको अनुसन्धानमाथि पनि आफूहरूलाई शंका लागेको बताए। सोही कारण संसदीय विशेष समिति बनाएर छानबिन गर्न माग गर्नुपरेको उनको स्पष्टोक्ती छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *