भ्रमणका लागि माधव कुमार नेपाल आज बिहान युरोप प्रस्थान

२२ साउन , काठमाडौं : प्रवासी नेपाली एकता मञ्च युरोपले आयोजना गरेको कार्यक्रममा सहभागी हुन नेपालबाट नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल आज बिहान साढे सात बजे टर्किस एयरलाइन्सको विमानबाट जेनेभातर्फ युरोप भ्रमणका लागि गएका छन् ।

उनको सचिवालयको अनुसार उनी प्रवासी नेपाली एकता मञ्च युरोपले स्वीटजरल्याण्ड र लण्डनमा आयोजना गरेको कार्यक्रममा सहभागी हुने।

भ्रमणपछि पूर्वप्रधानमन्त्री नेपाल आगामी भदौ १ गते नेपाल फर्किने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *