भोलि देखिनै गौशाला पशुपती क्षेत्रमा सवारी चल्न रोक

फागुन १२ काठमाडौ, पशुपती क्षेत्रमा भोली बिहानै देखि सवारी साधन संचालनमा रोक लगाइने छ। महा शिवरात्रिको अवसरमा भक्तजनहरुको भिडभाड हुनेभएकोले उक्त क्षेत्रमा सवारी चल्नमा रोक लगाईएको हो ।

भोलि अर्थ्यात फागुन १३ गते देखिनै लागू हुनेगरी, गौशाला क्षेत्र हुँदै चल्ने सवारी साधनलाई चावहिल,पुरानोबानेश्वर,ज्ञानेश्वर मैतिदेवीमोड,सिफल चौर,गौरीघाट,तिलगंगा,चुच्चेपाटीबाट डाईभर्सन गरिने छ ।

त्यस्तै तिनकुनेबाट र गोपिकृष्णबाट गौशाला आउने मालबाहक सवारी साधनलाई चावहिल र तिनकुनेबाटै प्रवेशमा रोक लगाइने छ । उता नारायणटार पुलबाट करिडोरको बाटो भएर आउने मालबहाक सवारी साधन तथा पानी ट्याङकरलाई पनि गौशाला क्षेत्र प्रवेशमा रोक लगाइने छ ।

सवारी साधन लिएर मन्दिर जाने दर्शनार्थीहरुको लागि तिलगंगा,अमालकोट,सिफलचौर,कोषको कार्यालय र गौरीघाटमा पार्किङ्गको व्यवस्था मिलाइएको छ । सुरक्षा निकायका सवारी साधनहरु प्रहरी वृत गौशालामा पार्किङ्ग गर्ने जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *