भूराजनीतिक जटिलताको संवेदनशीलतालाई केन्द्रमा राख्नुपर्छ: नेता वर्षमान पुन

काटमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वमन्त्री वर्षमान पुन अनन्तले नेपालले भूराजनीतिक जटिलताको संवेदनशीलतालाई केन्द्रमा राखेर कूटनीतिक सम्बन्ध सञ्चालन गर्नुपर्ने बताएका छन्।

अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालनमा कूटनीतिक परिपक्वता र दूरदर्शिता देखाउन नसके नेपालले अहिलेको भन्दा असहज परिस्थितिको सामना गर्नुपर्ने स्थिति आउने उनको भनाइ थियो । कूटनीतिक सम्बन्धबारे सत्तापक्ष र प्रतिपक्षबीच समान सोच र धारणा हुनुपर्नेमा उनले जोड दिए । अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्दा दलगत हितभन्दा माथि उठेर राष्ट्रहितलाई प्राथमिकतामा राख्नुपर्ने पनि पुनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *