भुटान एयरलाइन्सले काठमाडौं उडान सुचारु गर्ने

२० भदौ काठमाडौँ : भुटानको पहिलो निजी एयरलाइन्स भुटान एयरलाइन्सले सेप्टेम्बर १६ बाट काठमाडौं उडान सुचारु गर्ने भएको छ ।

एयरलाइन्स सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजका आधिकारिक जनरल सेल्स एजेन्ट (जीएसए) ले नेपालमा साप्ताहिक चार उडान गर्ने बताए । जीएसएका अनुसार एयरलाइन्सले आइतबार, सोमबार, बुधबार र शनिबार काठमाडौंका लागि उडान गर्नेछ ।

एयरलाइन्सले पारोबाट काठमाडौं र नयाँ दिल्ली जानेछ। त्यसपछि नयाँ दिल्लीबाट काठमाडौं र भुटानको पारो जानेछ । कोभिड–१९ को महामारीपछि उडान स्थगित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *