भुटानमा हुने साफ यू–१६ मा प्रतियोगिताका एन्फाले खेलाडी टोली सार्वजनिक गर्यो

४ भदौ, काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रमुख प्रशिक्षक रविन्द्र शिलाकारले भुटानमा सेप्टेम्बर १–१० सम्म आयोजना हुने साफ यू–१६ मा प्रतियोगिताका लागि सोमबार यू–१६ साफ च्याम्पियनसिप खेल्ने टोली सार्वजनिक गरेका छन् ।


नेपाली यू १६ टिम यस प्रकार रहेको छ :

गोलकिपरः विशेष बाँनिया, पेम्बा नोर्बु भोटे, भक्तबहादुर परियार

डिफेन्डरः एकराज विश्वकर्मा, किशान थापा, अरविन्द कुमार धामी, भुवन कामी, प्रशान्त मोक्तान, निशान राज लावत, किशोर कुमार दनुवार, सरन वि।क ।

मिडफिल्डरः सुजल स्याङ्तान, राम थामी, पेम्बा तामाङ, गणेश पुलामी मगर, विनायक थारु, सुवास बम, लक्ष्मण थामी, दिलान लिम्बु

फरवार्डस् : सन्तोष गोङ्बा, रोहित श्रेष्ठ, हिमेश माझि, दर्शन अधिकारी ।

प्रतियोगिता दुई समूहमा विभाजन गरि हुनेछ । समुह एमा नेपाल, भारत र बंगलादेश रहेका छन् भने समुह बीमा आयोजक भुटान, माल्दिभ्स र पाकिस्तान रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *