भीमसेन जात्रालाई भविष्यमा पनि निरन्तरता दिइने : रुपेश डंगोल

५ भाद्र, काठमाडौँ : सुनाकोठी क्षेत्रको बिकास तथा ललितपुरलाई नै साँस्कृतिक एवं धार्मिक र पर्यटकीय स्थलका रुपमा बिश्वसामु परिचित गराउने उव्देश्यले स्थापना गरिएको सम्भवत बिश्वकै सबैभन्दा अग्लो आराध्यदेव भिं द्यो अर्थात भीमसेनको छैठौ स्थापना दिवस तथा भिं द्यो पुजा भाद्र २२ गते शुक्रबार हुने भएको छ । सुनाकोठी समाजले वार्षिक रुपमा आयोजना गर्दै आएको भीमसेन जात्रालाई भविष्यमा पनि निरन्तरता दिइने आयोजक समाजका सदस्य तथा गायक रुपेश डंगोलले बताए । डंगोलले मच्छेगाउँको एउटा खोंचबाट ल्याइएको ६० टनको सिङ्गो ढुङ्गाबाट धेरै मेहनतपछि भीमसेनको मूर्ति बनाउन सफल भएको जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *