भित्तामा ठोक्किएर दुर्घटना हुँदा पाल्पामा आईतबार राति एक माेटरसाइकल चालककाे मृत्यु

११ भदौ, काठमाडौं : तानसेन-तम्घास सडक खण्डको अर्गलीस्थित पुरानो गाउँमा जोर्तेदेखि अर्गलीतर्फ जाँदै गरेको लु४२प ६७०९ नम्बरको मोटरसाइकल आइतबार राति साढे १ बजे तिर भित्तामा ठोक्किएर दुर्घटना हुँदा पाल्पामा आईतबार राति एक जनाको मृत्यु भएको छ । भने सोही मोटरसाइकल सवार अर्का एक जना घाइते भएको छ ।

मृत्यु हुनेमा सल्यानको कालीमाटी गाउँपालिका वडानम्बर २ का अन्दाजी ३० वर्षीय नरेश घर्ती मगरको मृत्यु रहेकाे छ । घाईते हुनेमा नवलपरासी सरावल गाउँपालिका-१ का २८ वर्षीय प्रकाश थारू रहेकाे छ।जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार घाइते थारुको मिसन अस्पतालमा उपचार भइरहेको छ। दुर्घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *