काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमण उपलब्धिपूर्ण भएको बताएका छन्।
उनले पत्रकारसँग कुराकानी गर्दै भने, ‘केही विषयमा ब्रेक थ्रु भएको छ। हामीले पहिलेदेखि सबैभन्दा बढी जोड दिएको भनेको बिजुलीको व्यापार हो। लङटर्म पावर ट्रेड हुन्छ कि हुँदैन भन्ने थियो। नेपालको साँच्चै भन्ने हो भने आर्थिक क्षेत्रमा समृद्धिको एउटा दिशामा जाने भनेको हामीसँग भएको जे पोटेन्सियल छ, त्यसको सही मार्केटिङ गर्न सक्दाखेरि नै हुने हो। त्यो भनेको वास्तवमा पावर ट्रेड नै हो, अहिले ब्रेक थ्रु भयो भनेको त्यसमा नै हो।’
दाहालले नेपालबाट भारत हुँदै बंगलादेशमा विद्युत् निर्यार्यात गर्ने समझदारीलाई पनि ‘बे्रक थु्र’ का रूपमा औंल्याए। उनले भने, ‘बंगलादेश, भारत र नेपालबीचमा अलग–अलग समझदारी भई सक्यो। बंगलादेश र नेपालबीच, बंगलादेश र भारतबीच, भारत र नेपालबीच जुन स्तरमा सहमति भएको छ, त्यो पनि ठुलो कुरा भन्ने प्रस्टै महसुस गर्न सकिन्छ।’