भारत पाकिस्तान बिबाद फेरि चर्कियो

कार्तिक १२ काठमाडौं, भारत पाकिस्तान विवाद एकअर्का देशका कर्मचारीलाई देश निकालासम्म पुगेको छ ।

भारतले आफ्ना कर्मचारीलाई पर्सना नन ग्राटा घोषणा गर्दै ४८ घन्टाभित्र देश छाड्न भनेपछि पाकिस्तानले पनि त्यस्तै कदम चालेको छ । पाकिस्तानले इस्लामाबादस्थित भारतीय उच्चायोगका एक सदस्यलाई भारत र्फकन आदेश दिएको छ ।

भारतले पाकिस्तानी उच्चायोगका कर्मचारी महमूद अख्तरलाई रक्षा मामिलाको कथित दस्ताबेजका साथ पक्राउ परेको बताएको थियो । कुटनीतिक प्रतिरक्षा अन्तरगत रिहा गर्दै ४८ घन्टाभित्र देश छाड्न भनेको थियो ।

त्यसको केही घन्टापछि पाकिस्तानले भारतीय उच्चायोगका सदस्य सरजीत सिंहलाई पर्सना नन ग्राटा घोषणा गरेको छ । सुरजीतलाई परिवारसहित २९ अक्टोबरसम्म पाकिस्तान छाड्न भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *