भारतीय सेनाका सेनापति दलबीर सिंहले प्रधानमन्त्री सँग भेट गरे

कार्तिक २७ काठमाडौं, भारतीय सेनाका सेनापति दलबीर सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेको छ ।
शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले भारतीय सेनापतिलाई स्वागत गर्दै आफ्नो भारत भ्रमण, गोवाको ब्रिक्स–बिमस्टेक सम्मेलनमा सहभागिता र भारतीय राष्ट्रपति प्रणव मूखर्जीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ भएको बताए। प्रधानमन्त्रीले नेपाल संविधान कार्यान्वयन, शान्ति प्रक्रियाको पूर्णता, भूकम्पको पूनर्निर्माण र नवनिर्माणसहित आर्थिक समृद्धिको यात्रामा अघि बढेको जानकारी गराए ।

भेटमा सेनापति सिंहले भारतीय सेनाबाट सेवानिवृत्त नेपालीहरुको पेन्सन लिने व्यवस्थालाई थप सहज बनाउन बुटवलमा नयाँ कार्यालयको स्थापना गर्न लागेको जानकारी गराउँदै नेपाल र भारतीय बीचको सदियौं पुरानो सम्बन्ध थप मजभूत हुने विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *