भारतमा एक करोड चोरीसहित ९ नेपाली पक्राउ

२८ भदौ, काठमाडौँ : भारतमा चोरी भएको एक करोड रुपैयाँसहित ९ नेपाली पक्राउ परेका छन् ।

कञ्चनपुरको बेलौरी र पुनर्वासको सिमानामा पर्ने भारतको पिलिभीत जिल्लाको पूर्णनगर इलाकाबाट भारतबाट नेपाल प्रवेश गर्ने क्रममा उनीहरुलाई चोरीको रकमसहित पक्राउ गरिएको हो । सोमबार राति देहलीबाट चोरी गरेर रकम ल्याएको प्रहरीले आरोप लगाएको छ । उनीहरुलाई मंगलबार राति नेपाल प्रवेश गर्ने क्रममा पक्राउ गरिएको हो ।

पक्राउ परेका नेपालीहरुको परिचय भने प्रहरीले खुलाएको छैन । भारतीय प्रहरीले नेपाल प्रहरी वा सशस्त्र प्रहरी बललाई विस्तृत जानकारी दिएको छैन। पक्राउ पर्नेमा बाजुरा, अछाम र बझाङका रहेको सुदूरपश्चिम सशस्त्र प्रहरी बलका प्रमुख डिआइजी कुमार न्यौपानेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *