भारतको बलरामपुरबाट नेपालगञ्ज आउँदै गरेको कार दुर्घटना हुँदा नेपालगञ्जका ६ जनाको मृत्यु

२१ साउन , काठमाडैँ : भारतको बलरामपुरबाट नेपालगञ्ज आउँदै गरेको युपी ४७ डब्लु १२१७ नम्बरको कार भारतको श्रावस्ती जिल्ला को इकौना नजिक सडकमा गए राति गाईसँग ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनामा परी बाँकेको नेपालगञ्जका दुई परिवारका ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए ।

मृत्यु हुनेमा नेपालगञ्ज सदरलाइन निवासी एकै परिवारका ३५ वर्षीय बैभव गुप्ता, उनकी श्रीमती ३२ वर्षीया दिपीका गुप्ता, तीन वर्षीय छोरा डल्लु गुप्ता र छ महिनाकी छोरी श्रीया गुप्ता तथा नेपालगञ्जको त्रिभुवनचोकस्थित एस कुमार वाच कम्पनीका सञ्चालक सन्तोष गुप्ताको छोरा २२ वर्षीय निलान्स गुप्ता र २० वर्षीया छोरी सुनिती गुप्ता रहेका छन्।

दुर्घटनामा परी गम्भीर घाइते भएका गाडी चालक अजय मिश्रको उपचार भइरहेको छ ।

मृतकको भारतको बहराइचमा परीक्षणपछि शव नेपाल ल्याउनका लागि आवश्यक प्रक्रियाको तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक राठौरले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *