भारतको उडिसामा रेल दुर्घटना

भारतको उडिसा राज्यमा धेरै वटा रेल आपसमा ठोक्कएर भएको दुर्घटनामा २ सय ३३ जनाको मृत्यु भएको छ । घटनामा ९ सय जनाभन्दा बढी घाइते भएको अधिकारीहरुले बताएका छन्।

दुर्घटना भएको बालास्वर जिल्लामा घाइतेहरुको उद्दारका लागि २ सयभन्दा बढी एम्बुलेन्स परिचालन गरिएको उडिसाका मुख्य सचिव प्रदीप जिनाले जानकारी दिए। एउटा यात्रुवाहक रेल लिकबाट अर्को ट्रयाकमा खसेको र अन्य रेलहरु आएर आपसमा ठोक्किएपछि दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ।

भारतमा भएको यो दुर्घटना शताब्दीकै सबैभन्दा खराब रेल दुर्घटना हो। घटना स्थलमा उद्दारको कार्य चलिरहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरुले बताएका छन्। केही भारतीय संचार माध्यमहरुले भने मृतकको संख्या २ सय ३३ पुगिसकेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *