भारतका चर्चित गायक अरिजित सिंह कन्सर्टका लागि नेपाल आउँदै

३१ साउन , काठमाडौं : ग्यारेज इन्टरटेनमेन्ट र एमएन प्रोडक्सनद्धरा आयोजित काठमाडौंको चावहिलस्थित हायात ग्राउन्डमा मंसिर ९ गते भारतका एक चर्चित गायक अरिजित सिंह लाइभ कन्सर्टका लागि नेपाल आउने भएका छन् ।

आयोजकका अनुसार कार्यक्रमले नेपालको मनोरञ्जन क्षेत्रका साथै पर्यटन क्षेत्रमा समेत टेवा पुर्‍याउने विश्वास रहेको र सन् २०१९ देखि अरिजितलाई नेपाल ल्याउने प्रयास बल्ल सफल भएको बताए ।

साउन ३० गतेबाट खल्ती डिजिटल वालेटमार्फत टिकट खरिद गर्न सकिने र अर्ली बर्ड टिकट ४ हजार र साधारण टिकट ५ हजार रुपैयाँ तोकिएको छ । भने कन्सर्टमा १० हजार दर्शक उपस्थित हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *