भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ

काठमाडौं। ललिता निवास प्रकरणमा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसहित पाँचजना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो।

यस प्रकरणमा सरकारी कागज किर्ते गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी स्रोतको भनाई छ। गुरुङ नक्सालस्थित उनकै निवासबाट पक्राउ गरेका थिए।

पक्राउ पर्ने अन्यमा डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, हुपेन्द्रमाणि केसी र धर्मप्रसाद गौतम रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *