भदौ १ गते रिलिज हुने भनिएको फिल्म ‘नम्बरी सुन’ माघ १९ गते लाई सर्यो

२४ साउन , काठमाडौं : भदौ १ गतेलाई रिलिज हुने भनिएको गौरव पहारी र नम्रता सापकोटाको शीर्ष भूमिका रहेको फिल्म ‘नम्बरी सुन’ को पूर्वनिर्धारित रिलिज मिति सरी माघ १९ गते पुगेको छ ।

सरोज खाती सविन खाती तयस्तैगरी मनोज रिजाल द्धरा निर्मित साथै सुवर्ण शिवांश फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा गौरव र नम्रताका साथै सरोज खनाल, गौरव दर्पण, बुद्धि तामाङ, राजाराम पौडेल, विनोद न्यौपाने, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बास्तोला, गीता अधिकारी लगायतले अभिनय रहेको छ । भने फिलमको छायांकन लमजुङको भुजुङ खोला, हेटौंडा र काठमाडौंमा गरिएको छ ।

नारायण खाती प्रस्तुतकर्ता रहेको फिल्ममा दिव्य सुवेदीको छायांकन, गौतमराज खड्काको सम्पादन, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामीछानेको नृत्य, समीर मियाँको भीएफएक्स र देव महर्जनको निर्देशन रहेको छ ।

निर्माण पक्षले मंगलबार नयाँ मिति सहितको पोस्टरसमेत सार्वजनिक गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *