भदौ ११ गते कुन्ती मोक्तान देखि पार्वती, सत्यकला र ममता राई अनु शाह लगायतले नाच घर जमल तताउने

ईन्द्र जिजीबिषा-काठमाडौ ३१ असार
सिमा चाम्लिङ्ग राई र ननस्टोप क्रियसनले सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । भदौ ११ मा हुने “स्रस्टा सम्मान तथा सांस्कृतिक साँझ २०७४” कार्यक्रम राष्ट्रिय नाच घर जमलमा हुने भएको हो । स्नेहा वाल गृहको सहयोगार्थ हुने उक्त कार्यक्रममा वृतचित्र प्रदर्शन,राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुती,र स्रस्टा सम्मानको कार्यक्रम रहेको बताईएको छ ।

भदौ ११ गते आईतबार दिउसो ३ बजे हुने उक्त कार्यक्रममा माथि- माथि सैलुङ्गेमा,चौरी डुलाउनेलाईकी गायिका कुन्ती मोक्तान,खोटाङ्ग हलेसी, छुट्नै मन लाग्दैन हौ तिम्लाई भेटेसीकी गायिका पार्वती राई, तिमीलाई हंगकंग पुर्यायो, तिम्रै आईडिलेकी गायिका सत्यकला राई, फूलै राखी हातैमा बिन्ती बिसाउकी, भेट भो माया मौकैले, साथै लैजाउकी” गायिका ममता राई, युगदेखी युगसम्म देखि नेपाली चलचित्रमा डेब्यु गरेर भैरब,बाजिगर जस्ता थुप्रै चलचित्रमा अभिनय गरी सकेकी नायिका अनु शाह, हास्यकलाकार मुलाको साग,जोगेन्दर (पान पसले) को प्रस्तुती रहने छ ।

त्यसैगरी कार्यक्रममा धनीराम राई, प्रमोद निर्वान, शिव थापामगर,गणेश ईशारा, दौलत राई पनि रहने छन् भने “रजनी” सर्ट मुभी पनि देखाईने आयोजकले जानकारी दिएको छ । कार्यक्रम बाट संकलन भएको सम्पुर्ण रकम स्नेहा वाल गृहलाई प्रदान गरिने बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *