भक्तपुरमा एटिएम तोडफोड गर्ने एक जना पक्राउ

१४ भदौ, काठमाडौँ : भक्तपुरको कमलविनायकस्थित नबिल बैंकको एटिएम मेसिन तोडफोड गर्ने एक जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको बबई गाउँपालिका वडा नं २ का २४ वर्षीय पूर्णबहादुर खासु रहेका छन् । उनलाई महानगरीय प्रहरी वृत्त जगतीको टोलीले आज बिहान ३ः३० बजे पक्राउ गरेको हो । उनको साथबाट एक थान हथौडा, एउटा फलामको रड र एक थान ह्याक्सा समेत बरामद भएको भक्तपुर प्रहरी प्रवक्ता डिएसपी वसन्त पाठकले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *