भक्तपुरको सूर्य विनायक नगरपालिका – ८ मा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

२३ भदौ, काठमाडौँ : शुक्रबार राति सूर्य विनायक नगरपालिका – ८ आदर्श भक्तपुर फ्युल सेन्टर नजिक बागमती प्रदेश ०२-०२३ प २८५९ र प्रदेश नं ३ -०२-००२ प ६९३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भने दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा काभ्रेको बनेपाकी नवीना काफ्लेको रहेको छ । भने उनका श्रीमान् किरण घिमेरे घाइते भएका छन् । त्यस्तै, अर्को मोटरसाइकलमा सवार ओखलढुंगा सुनकोशी गाँउपालिका वडा नं। ४ घर भई हाल भक्तपुर नलिन्चोक बस्ने हिरा बडाल पनि घाइते भएका छन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार घाइते दुवै जनाको मध्यपुर थिमी अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *