‘ब्लु बस’ को नाममा चर्चा पाइरहेको रास्वपाका बसको रंग अनुमति नलिई परिवर्तन गरिएको

२१ साउन , काठमाडौँ : ‘ब्लु बस’ को नाममा चर्चा पाइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् चितवन क्षेत्र नं। २ का सांसद रवि लामिछानेले महिलाहरूका लागि निःशुल्क सन्चालन गरेको बसको रंग अनुमति नलिई परिवर्तन गरेको यातायात व्यवस्था कार्यालय भरतपुरका सूचना अधिकारी गोविन्द प्रसाद पौडेलले जानकारी दिएका छन् । भने अहिलेसम्म रंग परिवर्तनका लागि अनुमति नलिएको हुँदा अब नियमानुसार जरिवाना तिरेर अनुमति लिने र जाँचपास गराउनुपर्ने पौडेलले बताए ।

रंग परिवर्तन गर्दा सरकारले सवारीसाधनको अनुमति लिएर प्राविधिकहरुलाई देखाउनुपर्ने व्यवस्था गरेको छ ।

भिमबहादुर तामाङको नाममा रहेको मासिक १ लाख ३५ हजार भाडा तिर्ने गरी भाडामा लिइएको ३२ सिटे ‘ब्लु बस’ दिनहुँ शक्तिखोरदेखि भरतपुरका विभिन्न ठाउँमा घुम्ने र महिलाहरूलाई निःशुल्क यातायात यात्रा गराउने गर्दछ । बसमा यात्रुले रास्वपा सभापति रवि लामिछानेको फोटोसहितको कार्ड लिएपछि मात्रै यात्रा गर्न पाउने व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *