बौद्धिक अपाङ्गता बालबालिकालागि जीवन समर्पित: समाजसेवी खनाल

नयाँ जीवन नेपाल संस्थाका संस्थापक अध्यक्ष एवं समाजसेवी राजन खनालले आफ्नो सम्पूर्ण जीवन बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुका लागि समर्पित गर्ने घोषणा गरेका छन् ।

मंगलबार गोकर्णेस्वोर नगरपालिका वडा नं. ५ मा स्थापित नयाँ जीवन नेपाल नामक संस्थाले आयोजना गरेको ‘स्नायु सम्बन्धी बालअपाङ्गता बालबालिकाहरु प्रति हाम्रो विचार तथा बिमर्श कार्यक्रम २०८०’ मा बोल्दै उनले यस्तो घोषणा गरेका हुन् ।

आधुनिक जीवन शैलीका कारण मानिसहरू स्वार्थी बनिरहेका बेला राजन खनाल यस्तो नाम हो, जीवन आफ्ना लागि भन्दा पनि अरू र समाजका लागि विशेषगरि बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुका लागि समर्पण गरिरहन्छन् ।

संखुवासभा जिल्ला स्थायी घर भएका राजन खनाल २०७१ सालदेखि बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुलाई नयाँ जीवन दिन राजधानीमा छन् । खनाल विशेष गरी सामाजिक समस्याहरूमा अग्रसर हुन रुचाउँछन् । खनालको समाजसेवा एकै क्षेत्र र विषयमा मात्र केन्द्रित छैन । उनको समाज सेवाको क्षेत्र अनेक छ । उनी समस्यामा परेका जोकोहीको सेवा गर्न पाउँदा मनैदेखि प्रसन्न लाग्ने बताउँछन् ।

विभिन्न सङ्घसंस्थाहरूको विभिन्न पदहरूमा बसेर आफू मात्र होइन अरूलाई समेत सामाजिक कार्यमा परिचालन गर्दै आएका उनको समाजसेवाकै कारण उनलाई चिन्नेहरू ‘जहाँ समस्या त्यहाँ राजन खनाल’ समेत भन्छन् । उनले संस्थागत मात्र नभई व्यक्तिगत रूपमा समेत उदाहरणीय सामाजिक कार्य गरेका छन् ।

उनले हाल चलाइरहेको नयाँ जीवन नेपाल संस्थामा करिब २५ जना बौद्धिक अपाङ्गता बालबालिकाहरु छन् । सो संस्था सहयोगबाटै संचालन हुदै आएको संस्था हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *