बौद्धिक अपाङ्गता बालबालिकालाई वडाको सहयोग

काठमाडौं । गोकर्णेस्वर नगरपालिका वडा नं. ५ ले नयाँ जीवन नेपाल नामक संस्थामामा रहेका बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुका लागि आवश्यक खाद्यत्र सामाग्री सो संस्थालाई हस्तान्तरण गरेको छ ।

सूचना खबरसंग कुरा गर्दै वडा अध्यक्ष नारायण बहादुर सुबेदीले भने समाजमा रहेका अपाङ्गता भएकाहरुलाई राज्यको विशेष ध्यान जानुपर्छ । साथै त्यस्ता व्यक्तिका लागि आगामि दिनमा पनि वडाबाट थप सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नयाँ जीवन नेपाल संस्थामा करिब २५ जना बौद्धिक अपाङ्गता बालबालिकाहरु छन् । सो संस्था सहयोगबाटै संचालन हुदै आएको संस्था हो ।

नयाँ जीवन नेपाल संस्थाका संस्थापक अध्यक्ष राजन खनालले बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुका लागि आवश्यक सामाग्री हस्तान्तरण गरेर वडाले सामाजिक उत्तरदायित्व पूरा गरेको बताउदै वडालाई धन्यवाद दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *