बैतडीमा करेन्ट लागेर एकजनाको मृत्यु

१० भदौ, काठमाडौँ : बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक खेमविक्रम केसीका अनुसार करेन्ट लागेर बैतडीमा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका–५ पल्लाचौडालीका ४४ वर्षीय नवराज लेखक रहेको छ ।

घरभित्र कोठामा बिजुलीको तार जोडिरहेका लेखक करेन्ट लागेर गम्भीर घाइते भएका लेखकको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *