बैठक विभावित बनेपछि रवि लामिछानेको आक्रोश

२२ साउन , काठमाडौं : सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक ४ बजेका लागि सारिएको थियो तर पौने पाँच बज्दा समेत सुरु नभएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले सामाजिक सञ्जालमा यस्तो लेख्दै , ‘कयौं कानुन बनाउनु पर्नेछ, कयौं कानुनमा संशोधन आवश्यक छ । जन सरोकारका कयौं मुद्दामा छलफल र निर्णय गर्नु छ । तर संसद चल्दैन, बार्गेनिङ चल्छ, मात्र बार्गेनिङ, दुस्खद । वर्षौंदेखि देशलाई कसरी प्यारलाईज्ड गरिएको रहेछ भन्ने राम्ररी बुझ्दैछौं’ आक्रोश व्यक्त गरेका छन् ।

त्रिभुवन विमानस्थलबाट गैरकानुनी रुपमा नेपाल भित्रिएको झण्डै एक क्विन्टल सुन प्रकरणमा उच्चस्तरीय छानबिनको माग राखेर नेकपा एमालेले साउन १० गते देखि संसदीय संसदको दुवै सदनको बैठक चल्न दिएको छैन । यही विषयमा कुरा नमिल्दा प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक प्रभावित हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *