बेवारिसे अवस्थामा विद्यालयको बरन्डामा एक युवकको शव फेला 

२१ साउन, काठमाडौँ : सर्लाहीको गरपालिका वडा नं। ९ स्थित श्रीमती कृष्णदेवी माध्यमिक विद्यालयमा पहिचान नखुलेका अन्दाजी २२ वर्षीय युवक मृत फेला परेका छन् ।
त्यहीँका स्थानीयले विद्यालय भवनको बरन्डामा आज बिहान शवदेखेपछि प्रहरीलाई खबर गरेका हुन् ।

सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दीपेन्द्र पजियार थारुका अनुसार मृतकको शवमा कुनै प्रकारको घाउचोट नदेखिएको बताए । र शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको पनि जानकारी दिए ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *